रोहित र विराटको अविजित पारीले दिलायो सफलता, शृंखला अस्ट्रेलियालाई
काठमाडौं। रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि १ सय ६८ रनको अविजित साझेदारी गरेपछि भारतले तेस्रो तथा अन्तिम ओडिआईमा अस्ट्रेलियालाई ९ विकेटले हराएको छ। अस्ट्रेलियाले २-१ ले ओडिआई सिरिज जितेको छ।
सिड्नी क्रिकेट ग्राउन्डमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भारतले १ विकेटको क्षतिमा ३८.३ ओभरमा जित निकालेको थियो।
आज रोहितले शतक र कोहलीले अर्धशतक बनाए। कोहलीले विजयी रन प्रहार गरे । ८१ बल खेलेका उनले ७ चौकासहित ७४ रनमा जोडे । रोहित १ सय २५ बल खेल्दै १३ चौथो र ३ छक्कासहित १ सय २१ रनमा नटआउट रहे ।
रोहितले आफ्नो ३३औं ओडिआई शतक पूरा गरे । रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा उनको ५०औं शतक पूरा भएको छ । जसमा १२ टेस्ट र ५ टि ट्वान्टी शतक सामेल छ।
कोहलीले ओडिआईमा आफ्नो ७५औं अर्धशतक पूरा गरे। ११औं ओभरमा अस्ट्रेलियाका जोश हेजलवुडले शुभमन गिल (२४ रन) लाई आउट गर्दै रोहितसँगको ६० रनको पहिलो विकेटको साझेदारी तोडेका थिए। तर त्यसपछि अस्ट्रेलियालाई रोहित र विराट कोहलीको जोडीको अनुभव र क्लासको सामना गर्नुपर्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो। घरेलु टोलीका म्याट रनसोले अर्थ शतक बनाए ।
भारतका हर्षित राणाले ४ र वासिङ्टन सुन्दरले २ विकेट लिए । रोहित प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज चुनिए। अस्ट्रेलियाले पर्थमा भएको पहिलो ओडिआई ७ र एडिलेडमा दोस्रो खेल २ विकेटले जितेको थियो।
यी २ टोलीबीच ५ टि ट्वान्टी आई सिरिज हुनेछ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




