खेलकुद

अमेरिका र नेपाल भिड्दै

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग २ को यूएई शृंखलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग २ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो।

लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाकाका रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर विश्वकप लिग २ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

लिग २ अन्तर्गत यूएई र अमेरिकासँगको शृंखलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म यूएईमा हुँदैछन्।

नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृंखलाको सुरुवात गर्दैछ। दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग भिड्ने तालिका छ । शृंखलाको तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँगको भेट तय गरेको नेपालले शृंखलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग २ मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ। समान खेल खेलेको यूएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ।

२० खेल खेलिसकेको अमेरिका २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

सम्बन्धित समाचार

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...