अर्थ

भिरकोट नगरपालिकाको ‘फोहरमैला र उद्यान’ले आर्थिक आम्दानी बृद्धि

स्याङ्जा। स्याङ्जाको भिरकोट नगरपालिकाले फोहरमैला व्यवस्थापन र उद्यान सञ्चालनमार्फत आर्थिक आम्दानी गर्दै आएको छ। भिरकोट–४ सिसौँघारीस्थित आँधीखोलाको किनारमा सरसफाइ केन्द्र र उद्यान निर्माण गरी आम्दानीसँग जोडिएको हो।

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सञ्चालनमा ल्याएको सरसफाइ केन्द्रमा सङ्कलन भएका कुहिने, नकुहिने तथा सिसाजन्य फोहरमैलाको व्यवस्थापन गर्दै आएको छ। यसैगरी, सरसफाइ केन्द्र नजिकै निर्माण गरिएको भिरकोट उद्यान आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको गन्तव्यका रूपमा विकास गरिएको छ। केन्द्र तथा उद्यान व्यवस्थापक कृष्णप्रसाद अर्यालका अनुसार, “सुरुका वर्षको तुलनामा पछिल्ला वर्षमा फोहरमैला बिक्री बढ्नुका साथै उद्यानमा आगन्तुकको उपस्थिति बढी हुँदै गएको छ। उद्यान प्रवेश शुल्कबाट सङ्कलन हुने आम्दानी पनि वृद्धि भइरहेको छ।” उहाँका अनुसार, विभिन्न वर्षमा सरसफाइ केन्द्र र उद्यानबाट प्राप्त आम्दानी यस प्रकार छ :
– आर्थिक वर्ष २०७७/७८: ६,१३,३५४
– आर्थिक वर्ष २०७८/७९ :  ८,७८,३४४
– आर्थिक वर्ष २०७९/८० :  १३,२८,६३५
– आर्थिक वर्ष २०८०/८१ :  १६,५१,०००
– आर्थिक वर्ष २०८१/८२ :  १६,२०,४१५
नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भन्नुभयो, “फोहरमैला व्यवस्थापन र उद्यानलाई एउटै स्थानमा सञ्चालन गरेर उदाहरणीय कार्यको थालनी गरिएको छ। विभिन्न नगरपालिका, गाउँपालिका, सङ्घसंस्था र समूहका प्रतिनिधि अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन्। यो सिकाइ तथा अध्ययनको गन्तव्य बन्दै गएको छ।” उद्यान परिसरभित्र निर्माणाधीन ‘स्विमिङ पुल’को अन्तिम चरणमा पुगेको छ। यसमा १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको जलाशय बनाई सोको बीचमा मन्दिर निर्माण हुने छ। जलाशय सम्पन्न भएपछि डुङ्गाका माध्यमबाट मन्दिरमा पूजाआजा गर्न सकिने व्यवस्था गरिने छ।

आँधीखोलाको किनारमा अवस्थित उद्यानमा मनोरञ्जनका लागि भिरकोटसहित छिमेकी पालिकाबाट वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन्। वनभोजका लागि आवश्यक भाँडावर्तन, ग्यास तथा दाउराको व्यवस्था उद्यानले गरिदिने भएकाले सुविधा सहज भएको स्थानीय तथा आगन्तुकले प्रतिक्रिया दिएका छन्।

 

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...