खेलकुद

विश्वकप लिग टु : अमेरिकाले नेपाललाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई रनको लक्ष्य दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा विकेट गुमाएर रन बनाएको हो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरे। यस्तै मिलिन्द कुमारले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्तमा अविजित ७० रन बनाए ।

साइतेजा मुक्काकालाले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मदतमा ४२ रन योगदान गरे । ४८ रनमा २ विकेट गुमाएको अमेरिकाका लागि स्मित पटेलल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपुर्ण साझेदारी गरेको थिए।

यी दुई ब्याटर क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो । तर स्मित पटेल ३३औं ओभरमा रनआउट हुनु र साइतेजा ३५औं ओभरमा आउट भएपछि अमेरिका दबाबमा परेको थियो ।

तर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै टिमका लागि राम्रो स्कवर बनाउन सहयोग गरे । अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन जोडेको थियो ।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...