महोत्तरीका किसान उखु पेलेर दीपावली–छठ खर्च जुटाउँदै
महोत्तरी। महोत्तरीका किसानहरूले पर्व खर्च व्यवस्थापन गर्न उखु पेलेर सक्खर बनाइरहेका छन्। सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिरसम्म पर्खनुपर्ने भए पनि दीपावली र छठ जस्ता चाडपर्वको समयमा उच्च माग हुने भएकाले किसानहरूले कात्तिक पहिलो सातादेखि नै उखु पेल्न सुरु गरेका हुन्।
भङ्गाहा–४ का किसान सुफल महतोले भन्नुभयो, “चाडपर्व मनाउन खर्च व्यवस्थापन गर्नुपर्दा केही छिटो मिठ्ठा (सक्खर) बनाउन थालिएको हो। यसबाट दीपावली धानियो, अब छठ पनि यहीबाट मनाउने हो।” उहाँका अनुसार हालको उखुमा रस कम र पानी बढी भएकाले सक्खरको मात्रा पूरा हुन मङ्सिरसम्म पर्खनुपर्छ, तर पर्व टार्न खर्च जुटाउनै परेपछि समयअघि पेल्नु परेको हो।
गौशाला, भङ्गाहा र बर्दिवास क्षेत्रका किसानहरू घरघरमा उखु पेल्दै रस पकाएर सक्खर बेच्न व्यस्त छन्। दीपावली र छठको समयमा उपभोक्ताले नयाँ सक्खर उपभोग गर्ने भएकाले बजारमा चलहपहल बढेको छ। बर्दिवास–९ का रामविनोद महतोले भन्नुभयो, “कात्तिक महिनामा खेतीपाती र चाडपर्व दुवैका लागि नगद आवश्यक हुन्छ, त्यसैले उखु पेल्दै खर्च जुटाइरहेका हौँ।”
यस वर्ष दीपावली कात्तिक पहिलो सातामा र छठ दोस्रो सातामा परेको हुँदा किसानलाई खर्च जुटाउन थप समस्या भएको छ। बर्दिवास–१२ का रामविलास कुशवाहाले भन्नुभयो, “अहिलेको उखुको रसमा मिठ्ठा पकाउन समय बढी लाग्छ, तर आफ्नै उत्पादनबाट नगदको जोहो हुने भएकाले व्यस्तता बढी छ।”
किसानहरूले उत्पादन गरेको सक्खरको मूल्य पनि चाडपर्वमा बढ्छ। भङ्गाहा–४ का गङ्गाराम महतोका अनुसार, अरु बेला प्रतिकिलो रु १०० पर्ने सक्खर दीपावली र छठमा रु १२० सम्म बिक्री हुन्छ। यसरी बनेको सक्खर सेल र ठकुवा बनाउँदा स्वादिलो हुने भएकाले उपभोक्ताले रोजाइ दिन्छन्।
जिल्लामा यस वर्ष ९,००० बिघामा उखु खेती भएको छ। किसानले दोस्रो वर्षको उखु (‘खुट्टी’) पेलेर सक्खर बनाइरहेका छन्। उखु उद्योगले कहिले क्रसिङ सुरु गर्ने निश्चित नभएकाले किसानले आफ्नै उत्पादनबाट नै खर्चको जोहो गर्न बाध्य भएका छन्।
उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिह कुशवाहाले भन्नुभयो, “सरकारी अनुदान र उद्योगमा बुझाइने मूल्य अझै निश्चित भएको छैन। आर्थिक अभावका कारण किसानले यही समय आफ्नै खर्च व्यवस्थापन गर्दैछन्।”
ताजा अपडेट
-
१.
अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्याली
-
२.
टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द
-
३.
सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते
-
४.
इरानबाट १८ चिनियाँ नागरिकको उद्धार
-
५.
अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद
भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र...
पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आम सर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी...
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...




