इजरायली ड्रोन आक्रमणबाट हिज्बुल्लाह कमाण्डरको मृत्यु
लेबनानी र इजरायली स्रोतहरूकाअनुसार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा हिज्बुल्लाहका एक कमाण्डरको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन्।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि हमलाले नाबाटीह क्षेत्रको हारुफ–जिबचित सडकमा रहेको प्राथमिक विद्यालय नजिकैको कारलाई लक्षित गरेको थियो।
जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र अर्का एक घाइते भएको बताएको छ। जबकि लेबनानी सेनाको गुप्तचर स्रोतले मृतकको नाम जेन फुतौनी रहेको बताएको छ । जो हलौसियाह शहरका हिज्बुल्लाहको एलिट रडवान फोर्सका कमाण्डर थिए।
इजरायल रक्षा बलले एक विज्ञप्तिमा हमलाको पुष्टि गर्दै भन्यो कि फुतौनी रडवान फोर्सका एक एन्टी–ट्याङ्क कमाण्डर थिए । जो हालै दक्षिणी लेबनानमा हिज्बुल्लाहको सैन्य पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासमा संलग्न थिए।
हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम नोभेम्बर २७, २०२४ देखि लागू भएको छ । जसले गाजा युद्धबाट शुरु भएको झडपलाई धेरै हदसम्म रोकेको छ। इजरायली सेनाले लेबनानमा बेलाबेलामा आक्रमणहरू जारी राखेको छ।
हिज्बुल्लाह विरुद्धको कारबाहीलाई धम्की भन्दै लेबनानी सीमामा पाँच मुख्य स्थानहरूमा सेनालाई कायम राखेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




