जेनजी’ प्रदर्शनमा सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति
महेन्द्रनगर। ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशभर भएका आगजनी र तोडफोडका घटनाबाट सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार प्रदर्शनका क्रममा सबैभन्दा बढी क्षति कैलाली र कञ्चनपुर जिल्लामा भएको हो। सरकारी संरचनातर्फ कैलालीमा दुई, कञ्चनपुर, बझाङ र दार्चुलामा एक–एक गरी पाँच वटा भवन पूर्ण रूपमा जलेका वा ध्वस्त भएका छन्। साथै, प्रदेशभर १५१ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो।
आंशिक क्षति भएका भवनहरूमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा रहेको बताइएको छ। व्यापारिक र निजी तर्फ ३८ घरमा क्षति पुगेको छ, जसमा कञ्चनपुरमा २३ र कैलालीमा १५ वटा रहेका छन्।
प्रहरीका अनुसार, प्रदेशभर ७०८ सरकारी सवारीसाधन—५७३ दुईपाङ्ग्रे र १३५ चारपाङ्ग्रे— क्षतिग्रस्त भएका छन्। निजीतर्फ तीन सवारीसाधनमा क्षति पुगेको छ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार क्षतिबारे केही ठाडो निवेदन आएको भए पनि आधिकारिक जाहेरी परेको छैन। उनले भने, “जाहेरी आएपछि विवरण संकलन र आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।” त्यस्तै, कञ्चनपुर कारागारबाट भागेका ४७८ मध्ये ९८ जना अझै फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ।
कैलाली प्रहरीका प्रवक्ता नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, “कारागारबाट भागेकामध्ये ४०६ जना फर्केका छन्। अझै २०० भन्दा बढी कैदी फर्किएका छैनन्, उनीहरूको खोजी तीव्र रूपमा भइरहेको छ।”
प्रवक्ता सिंहका अनुसार, आन्दोलनका क्रममा काठमाडौँबाट लुटिएका तीन थान हतियार पनि कैलालीमा बरामद गरेर काठमाडौँ पठाइएको छ। उक्त आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, प्रदेशसभा सदस्यहरू, पालिकाका प्रमुख–उपप्रमुखका निवास र व्यापारिक संरचनामा समेत आगजनी तथा तोडफोड भएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




