मुस्ताङमा कात्तिकमै हिमपात : किसान र पर्यटन व्यवसायी उत्साहित
मुस्ताङ। तीन वर्षदेखि राम्ररी हिउँ नपरेको मुस्ताङमा यस वर्ष कात्तिकमै हिमपात सुरु भएको छ। आज बिहानदेखि निरन्तर परेको हिउँले मुक्तिनाथ, घमीदेखि उच्चलेक क्षेत्रमा गतिविधि प्रभावित बनाएको छ।
स्थानीय प्रशासनले उच्च हिमाली पदमार्गमा यात्रा नगर्न पर्यटकलाई अनुरोध गरेको छ। मुक्तिनाथ दर्शनमा आएका यात्रु चिसो र स्नानकुण्डमा जमेको हिउँका कारण कठिनाइमा परेका छन्।
तर, हिमपातले कृषक, पशुपालक र पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ। स्याउ, फापर, जौ, मकाइलगायत अन्नबालीको उत्पादनका लागि माटोलाई मुलायम पार्ने, जमिनको भित्री तहसम्म पानी पु¥याउने र रोगकिरा नियन्त्रणमा मद्दत गर्ने भएकाले कृषकले लाभ उठाउनेछन्।
उच्चलेक चरन क्षेत्रमा घाँस पर्याप्त भएपछि पशुपालक र वन्यजन्तुबीच द्वन्द्व कम हुने अपेक्षा गरिएको छ। हिमपातले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक असर गर्ने जनाइएको छ। मुक्तिनाथस्थित होटल व्यवसायी र स्थानीय युवा क्लबका अध्यक्षका अनुसार हिउँले स्की प्रतियोगिता आयोजना सम्भव पार्ने तथा पर्यटक आकर्षित गर्ने अवसर सिर्जना गरेको छ।
वडाध्यक्ष प्रवेश गुरुङले भन्नुभयो, “हिउँले कृषि, पर्यटन र जैविक विविधतामा फाइदा पुर्याएको छ। केही छिटो परेको भए पनि समग्रमा लाभदायक भएको छ।” रासस
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...
स्पेनमा इन्धनको मूल्य वृद्धि
स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...




