खेलकुद

साम्बाबिनै भारतविरुद्ध भिड्दै नेपाली महिला टोली

काठमाडौँ। नेपाल र भारतबिचको महिला अन्तर्राष्ट्रिय फुटबल खेल आज हुने भएको छ। यसअघि खेल बिहीबार हुने तय भएको थियो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ।

यी दुई टिमले गत सोमबार फिफा विन्डो अन्तर्गत भारतकै सिलोङमा भिडन्त गरेको थियो। सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलको सहयोगमा नेपालले सो खेलमा भारतलाई २–१ ले स्तब्ध बनाएको थियो।भारतविरुद्ध आज हुने खेलमा भने साम्बाको उपस्थित हुनुहुने छैन। उनीसहित अन्य दुई प्रमुख खेलाडी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई पनि सो खेलमा खेल्नु हुने छैन।

व्यावसायिक फुटबल खेल्न कप्तान साम्बा अस्ट्रेलिया फर्किसकेकी छन्। यसै गरी अल इत्तिहाद क्लबमा आबद्ध प्रीति जोर्डन र निस अट्रोमिटोउबाट खेल्न एन्जिला ग्रिस प्रस्थान गरिन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...