अर्थ

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत।  यस वर्ष पर्वतको फलेवास नगरपालिकामा खेती गरिएका आठ प्रजातिका धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ। अनुसन्धानको मुख्य उद्देश्य कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा बढी उत्पादन हुन्छ भन्ने पत्ता लगाउनु रहेको छ।

राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएका आठ जातका धानमाथि अनुसन्धान गरेको हो। फलेवास नगरपालिका–६ देवीस्थानस्थित शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ।

स्थानीय जातहरूमा पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुख्खा धान समावेश छन्। यसबाहेक, आइआर १६, एल ७०४, आइआर १६ ए ३७०८, आइआर २२८ एल, आइआर १३-२०८४, भिआइएन ३६८ जस्ता नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान भइरहेको छ।

कृषि प्राविधिकमार्फत बीउ परीक्षण गर्ने अर्जुन श्रेष्ठका अनुसार फलेवास नगरपालिकाले धान र अन्य अन्नबालीको बीउ बिक्रीमा सहयोग गर्दै आएको छ। गत वर्ष फलेवास, जैमिनी र बागलुङ नगरपालिका, गण्डकी प्रदेश कृषि विकास मन्त्रालय, कृषि ज्ञान केन्द्र पर्वतमा रु आठ लाख बराबरको बीउ बिक्री भएको थियो।

फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीका अनुसार, तापक्रम वृद्धि, जलवायु परिवर्तन, सिँचाइ अभाव र बाँदर आतङ्कका कारण कृषकहरूको धानतर्फ आकर्षण घट्दै गइरहेको छ। केन्द्रले निश्चित प्रजाति सिफारिस गरेपछि धानखेतीमा आकर्षण बढ्ने विश्वास गरिएको छ।

केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगरपालिका–६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको अनुसन्धान पनि गरेको थियो।

 

सम्बन्धित समाचार

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...