अर्थ

निर्यातमा फड्को मार्दै नेपाल

काठमाडौँ। पछिल्लो समय निर्यातले फड्को मार्दै गएको छ । चालु आर्थिक वर्ष (आ.व २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म नेपालको निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले बढी छ । भन्सार विभागको तथ्यांकअनुसार निर्यातमा सशर्ष स्थानमा सोयाविन तेल रहेको छ । असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ । कार्पेट दोस्रो स्थानमा छ । जुन २ अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । तेस्रो स्थानमा सुर्यमूखी तेल रहेको छ । जुन २ अर्ब १३ करोड बराबरको भएको छ ।

निर्यात जन्यवस्तुहरु अलैंचीदेखि पश्मीना, गलौँचा, तयारी पोसाक, छुर्पीसम्मका वस्तुहरुको निर्यात बढेको छ । विभागकाअनुसार चालु आ।व। २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो । गत आ।व। २०८१/८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७ सय ८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिन पुगेको छ । यसरी निर्यात बढ्नु सकारात्मक रहेको र राज्यले निर्यात गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने हो भने अझै बढ्न सक्ने उद्योगी, व्यवसायी बताउछन् ।

नेपाल तयारी पोशाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल सरकारले निर्यातमा दिएको सुविधा बढाउने र अमेरिकी सरकारले जारी गरेको भन्सार दर लागू हुने हो भने निर्यात बढाउन कठिन नरहेको बताउनुभयो । उहाँकाअनुसार अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ । यो भनेको न्युनतम हो । त्यसभित्र पर्न सफल हुनु भनेको अन्त्यन्तै सह्रानीय र स्वागतयोग्य छ । अहिले लाग्दै आएको ट्यारिफमा १० प्रतिशत लगाइए पनि निकासी पहिलेभन्दा महँगो भएपनि अरू देशको तुलनामा यो धेरै कम हो । यो दर लागू हुने हो भने पनि नेपालले निर्यातमा फड्को मार्नसक्ने उहाँले बताउनुभयो ।

तयारी पोशाक उद्योग संघ अध्यक्ष पाण्डेले भन्नुभयो–‘यसपालीको निर्यातको तथ्यांक हेर्ने हो भने १ः६ मा आइपुगेको छ । यसलाई अझै घटाएर हामीले व्यापारघाटा कम गर्न सकिन्छ । निर्यात गर्नेहरुलाई दिने सुविधामा राज्यले पनि हेरिदिने, अमेरिकाको ट्यारिफ साच्चिकै लागू हुने हो भने ३–५ वर्षमा व्यापारघाट शुन्यमा ल्याउन सक्नेछौं । तयारी पोशाक, गलौँचा, पश्मिना, छुर्पी, दुग्घजन्य वस्तु, हर्बल, हस्तकला, हातेकागजजस्ता समानहरुले व्यापारघाटा कम गराएर नेपालको विकासमा ठूलो टेवा पुर्याउछ ।’

उहाँकाअनुसार निर्यात बढ्दा ठूलो मात्रमा देशमा रोजगारी पनि सिर्जना हुन्छ । अर्थतन्त्र पनि सबल बनाउँछ । सबै उद्यमशीलतामा लाग्नेभएकाले यो क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्छ। अर्थविद् चन्द्रमणी अधिकारी स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो नभएको बताउनु हुन्छ । उहाँकाअनुसार भारतको एउटा निर्णयले यसको निकासी ठप्प हुनसक्ने भएकोले अन्य वस्तुहरुको निकासी बढाउन नेपालले जोड दिनुपर्ने उहाँको भनाइ रहेको छ ।

‘निकासी बढ्नु राम्रो हो तर स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो होइन,’ उहाँले भन्नुभयो, ‘अन्य वस्तुहरुको निकासी बढाउन जोड दिनुपर्छ ।,’ यद्यपी नेपालले पछिल्लो पटक निकासीमा पाएको सफलता सकारात्मक रहेको उहाँको बुझाइ छ । अधिकारीकाअनुसार निकासी गर्नेहरुलाई राज्यले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने उहाँको बुझाइ रहेको छ । –न्यूज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...