खेलकुद

विश्वकप लिग–२ : यूएईसँग भिड्दैछ नेपाल

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं खेल हो।

एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो। यस त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन्। नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो। यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।

नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ। नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ। १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ।

समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...