विद्युत् कटौतीको विरोधमा बोल्दाबोल्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोध कार्यक्रममा बोल्दाबोल्दै ढलेका जिफन्टका नेता कमल गौतमको निधन भएको छ । बिहीबार मध्यान्ह विरोध कार्यक्रममा बोल्दाबोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपाध्यक्ष गौतमको उपचारको क्रममा निधन भएको हो ।
बोल्दाबोल्दै अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको मृत्यु पुष्टि गरेको प्रत्यक्षदर्शी तथा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिनुभयो ।
धर्ना कार्यक्रममा उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते
सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...
सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा
रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...
पोखरीमा मृत भेटिएको शवको भएन सनाखत
सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...
भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु
काठमाडौं। डडेल्धुरामा हिजो साँझ भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक...




