रोहितको शतकमा यूएईलाई नेपालले दियो २३४ रनको लक्ष्य
काठमाडौं। कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सामू २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार पार्यो ।
नेपालका लागि रोहितले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए ।
युएईका लागि र जाहिद अलीले चार, जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक विकेट लिए ।
दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा नेपाल र युएई अमेरिकासँग पराजित भएका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला
काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...




