मेची राजमार्ग आंशिकरूपमा खुल्यो
इलाम । हिजो बिहानदेखि सुरु भएको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्कालका लागि सुचारु गरिएको छ । भोलि लोकसेवा आयोगको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई सहज गराउन अहिलेदेखि भरे साँझ साढे पाँच बजेसम्मका लागि सडक एकतर्फी सुचारु गराइएको हो ।
पहिरो गएको र दबिएको स्थानमा ग्राभेल भरेर तत्कालका लागि सडक सुुचारु गराइएको हो । जिल्ला प्रशासन कार्यालय इलामले एक सुूचना जारी गरि साना तथा जीप र एम्बुलेन्सलाई मात्र भरे साढे पाँच बजेसम्म सञ्चालनका लागि खुल्ला गरिएको र बाँकी सवारीमा रोक लगाइएको जनाएको छ । सडक डिभिजन कार्यालय इलामले आज बिहानैदेखि सडक खुलाउने प्रयास जारी राखेको छ । पहिरो माथि ट्रयाक बनाइएकाले तत्कालको अवस्था टार्नेमात्र काम भएको डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो ।
गएको असोज १८ गते रातीको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोला माथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले बिहानदेखि बन्द गरिएको छ । यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युमपाइपको बाटो पनि आजको बाढीले बगाएपछि यो सडक बन्द भएको छ ।
पूर्वी पहाड ताप्लेजुुङ, पाँचथर, इलामको लाइफलाइनका रुपमा रहेको मेची राजमार्ग बन्द भएपछि ताप्लेजुङसम्मका सर्वसाधारण समस्यामा छन् । यता इलाममा पानी निरन्तर परेपछि असोज १८ को बाढी पहिरोले धेरै स्थानमा धाँजा फाटेको जमिन बग्न थालेको जानकारी आएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




