भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू
काठमाडौं। सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ ४ बुँदे मापदण्ड बिहीबारदेखि लागू गरेको हो।
विभागका अनुसार नयाँ मापदण्डले संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक हक, मानवअधिकार र स्वतन्त्र आवतजावतको अधिकारलाई सुनिश्चित गर्दै भिजिट भिसाको दुरुपयोग र स्वार्थ समूहको चलखेल नियन्त्रण गर्ने उद्देश्य राखेको छ।
अध्यागमन विभागले २०८० माघ १० देखि लागू गरिएको ६ बुँदे मापदण्ड र पछिल्ला समयमा जारी अन्य भिजिट भिसासम्बन्धी प्रावधानहरूलाई पूर्ण रूपमा खारेज गरेको जनाएको छ।
नयाँ मापदण्डअनुसार भिजिट भिसाका लागि अब निम्न मापदण्डहरू लागू हुनेछन् —
- कम्तीमा ६ महिना वैधता भएको राहदानी अनिवार्य हुनुपर्छ।
- सम्बन्धित देशको प्रवेशाज्ञा (Visa) वा ‘अन अराइभल’ भिसा सुविधा प्राप्त मुलुक भएमा प्रवेशाज्ञा नचाहिने।
- गन्तव्यसम्मको हवाई टिकट अनिवार्य पेश गर्नुपर्ने।
भ्रमणको प्रयोजनका लागि आवश्यक कागजात साथमा रहनुका साथै यात्राबाट उत्पन्न हुने परिणामप्रति स्वयं जिम्मेवार रहने स्वघोषणा गर्नुपर्ने।
विभागले यात्रुहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको उद्देश्यबारे पूर्णरूपमा जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
अध्यागमन विभागले जारी विज्ञप्तिमा उल्लेख छ, “विदेश भ्रमण गर्दा सही जानकारीका साथ सचेत भएर यात्रा गर्नु नै सुरक्षित र जिम्मेवार नागरिकको परिचायक हो।”
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




