रविलाई जेलमुक्त गरी नयाँ शक्ति निर्माण गर्नुपर्छ: भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।
शुक्रबार रास्वपाद्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै डा. भट्टराईले कांग्रेस र कम्युनिष्टजस्ता पुराना दलहरूलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एक ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो। उहाँले लामिछानेको नेतृत्व क्षमता आवश्यक रहेको वताउँदै, “रविजीलाई पनि निकालौँ कुनै तरिकाले, उहाँको एउटा नेतृत्वको पनि आवश्यकता छ,” भन्नुभयो।
डा. भट्टराईले थपे कि लामिछानेविरुद्धको मुद्दालाई बाहिरै रहेर फेस गर्ने वातावरण बनेको भए उनको क्षमता र प्रतिभा देशका लागि प्रयोग गर्न सकिन्थ्यो। आफैंले लामिछानेको रिहाइको पक्षमा हस्ताक्षर गरेको पनि उहाँले स्मरण गराउनुभयो।
उनले रास्वपा, रेशम चौधरी, सिके राउत लगायत सबै नयाँ राजनीतिक शक्तिलाई अहंकार त्यागेर साझा प्लेटफर्ममा आउन आह्वान गर्नुभयो। डा. भट्टराईले भने,“कांग्रेस र कम्युनिष्ट नामका ‘ब्राण्ड’ पार्टीहरूले जनतालाई ठगेर पुर्याएको दुर्दशाबाट नेपाली जनतालाई मुक्त गराएर साँच्चिकै विकल्प दिन यो आवश्यक छ। तपाईंहरू लाग्नुहोस्।”
उहाँले ठूला, स्थापित पार्टीहरूको जरा गहिरो र जटिल भएकाले उनीहरूलाई एकपटकमै उखेल्न सजिलो नहुने बताउँदै नयाँ तथा वैकल्पिक शक्तिहरूको समन्वय नहुँदा पुराना शक्तिहरूलाई परास्त गर्न कठिन हुने तर्क प्रस्तुत गर्नुभयो।
डा. भट्टराईले रास्वपालाई सम्बोधन गर्दै भने, उनीहरू अहिले स्थापित दलहरूमध्येमा ठूलो मानिन्छन् र एक्लैले काम गर्न सक्ने सोच हुनसक्छ तर अन्य नयाँ दलहरू र वैकल्पिक आवाजहरू सँगै नआए पराजय सम्भावना अधिक हुने चेतावनी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




