फुटयो विप्लव नेकपा
काठमाडौं- पछिल्लो समय संकटग्रस्त बन्दै गएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ।
नेकपा माओवादी केन्द्रसँगको एकता वार्ता अलमलमा परेर केही दिनअघि मात्रै पार्टी दर्ता गराएका विप्लवलाई अर्को झट्का लागेको हो।
चिरन पुन ‘मिलन’ को नेतृत्वको एउटा समूहले नेकपा फुटाएको छ । पुनलाई महासचिव राख्दै ७५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ ।
नेकपाभित्र हाल कायम १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको दाबी पुनले गर्नुभएको छ।
विप्लव नेतृत्वको नेकपा माओवादीले अगुवाइ गरिरहेको समाजवादी मोर्चामा आवद्ध छ । मोर्चासँग आवद्ध नेकपा र नेकपा एकीकृत समाजवादी पार्टी माओवादीमा गाभिने चर्चाबीच अर्को विभाजन भएको हो ।
उता चिरनले भने समाजवादी मोर्चाका दलहरूसँग मिल्न विद्रोह गरेको जिकिर गर्नुभएको छ ।
गत भदौको जेन-जी आन्दोलनयताको परिवर्तित राजनीतिक अवस्थामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकता तयारीमा छन् । नेकपा एसले जारी केन्द्रीय कमिटी बैठकबाट एकताको निर्णय गर्दैछ ।
यसबीचमा समाजवादी मोर्चालाई एउटा पार्टी बनाउँदा विप्लवले नेतृत्वमा दाबी गर्नुुभएको थियो।
विप्लवको उक्त दाबीले समाजवादी मोर्चा छाडेर एकीकृत समाजवादी र माओवादी मात्रै मिल्न लाग्नुभएको हो। यस्तोमा विप्लवबाट छुट्नुभएका चिरनले आफ्नो समूहलाई माओवादी मिसाउन सक्नु हुने अनुमान गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




