एमाले अध्यक्ष केपी ओलीको आह्वान : जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गर्नुभएको छ ।
शुक्रबार उहाँले जारी गर्नु भएको आह्वानपत्रमा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालको यात्रामा पुनः एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्, यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो । फेरि काँधमा काँध मिलाएर अघि बढौँ- देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ ।’
अध्यक्ष ओलीले नेकपा (एमाले) लाई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको ‘विशाल परिवार’का रूपमा चित्रण गर्दै तीन पुस्ताले आफ्नो जीवनको उज्याला क्षण समर्पण गरेर बनाएको घरका रूपमा स्मरण गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यो केवल एउटा राजनीतिक संगठन मात्र होइन- यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो । यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्, कसैले जेलयातना भोगे, कतिले बलिदान दिए, कतिले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे ।’
अध्यक्ष ओलीले अहिले देशमाथि ‘महाविनाश निम्त्याउने खालको चुनौती’ खडा भएको बताउँदै लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बताउनुभएको छ । उहाँले यस्तो संवेदनशील अवस्थामा मौन बस्नु राष्ट्रघात हुने उल्लेख गर्दै सबै देशभक्त, लोकतन्त्रप्रेमी र वामपन्थी शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा उभिन आग्रह गर्नुभएको छ । ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ,’ ओलीको भनाइ छ, ‘यस्तो बेला हामी मौन रहन सक्दैनौँ, राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’
उहाँले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न एमालेले विगतमा महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै सामाजिक सुरक्षा, विकास संरचना र लोककल्याणकारी राज्यको सुरुवात एमालेले नै गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले सबैलाई पार्टीमा फर्केर निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न अपिल गर्दै भन्नुभएको छ, ‘कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा- हाम्रो साझा सपना साकार पार्न, निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ।’
एमाले अध्यक्षको यो वक्तव्यले हाल वामपन्थी एकता, विशेष गरी नेकपा एकीकृत समाजवादीसँग पुनर्मिलनबारे चलिरहेको राजनीतिक बहसको सन्दर्भमा नयाँ तरङ्ग ल्याएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।
यस्ताे छ ओलीकाे अपिल :
दिदीबहिनी तथा दाजुभाइहरू,
कमरेडहरू !
निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने सङ्घर्षमा नेकपा (एमाले) ले सधैँ अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौँ प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौँ उदाहरण छन्।
एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठुलो योगदान गरेर यो घरलाई अड्याए ।
आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौँ। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।
त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —
जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।
यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ — देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ।
हामी एउटै परिवार हौँ —
हाम्रो लक्ष्य स्पष्ट छ —
समृद्ध नेपाल, सुखी नेपाली।
म सबैमा आह्वान गर्न चाहन्छु –
कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —
हाम्रो साझा सपना साकार पार्न ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ।
ताजा अपडेट
-
१.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
२.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
३.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
४.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
५.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...




