झलनाथ खनाल माओवादीमा नजाने, नयाँ पार्टी बनाउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गर्नेभएका छन्।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत नेकपा माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो घोषणा गर्नुभएको हो।
नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ’विसर्जन’ गरेको आरोप लगाउनुभएको छ। त्यसपछि बैठक हलमा होहल्ला मच्चिएको थियो।
झलनाथ बैठकमा बोलिछाड्ने अडान लिएपछि नेपाल बैठक सकियो भन्दै हलबाट बाहिरिनु भएका थिए। बैठकमा आफूलाई बोल्न नदिई माइक काटिएको भन्दै उनले नेपालले तानाशाही प्रवृत्ति देखाएको गुनासो गर्नु्भयो। ’विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ,’हामी यही पार्टीका साथीहरू मिलेर नेकपा एकीकृत समाजवादी पुनर्गठन गर्छौँ। नभए नयाँ बनाउँछौँ।’
विवादका बिच अध्यक्ष नेपाल पक्षले अघि सारेको एकताको प्रस्ताव पारित भएको छ। उपाध्यक्ष जगन्नाथ खतिवडाले अब छिट्टै माओवादी केन्द्र, नेसपासहितका अन्य दलहरूलाई समेटेर एकीकृत पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता गरिने जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




