अर्थ

चीनकै भूमिमा रोकिए करोडौंको नेपाली मालबस्तु

सिन्धुपाल्चोक। चीनको स्वाशासित क्षेत्र न्यालाम सरकारले मनमौजी रुपमा मालबस्तु छाड्नेक्रमले तातोपानी नाका हुँदै नेपाल आउन लागेका मालबस्तु बोकेका कन्टेनरका करोडौं मूल्यका सामान चिनियाँ क्षेत्रमा नै रोकिएका छन् ।

दसैं, तिहार लक्षित सामानहरु न्यालममै रोकिएपछि व्यापारी, व्यवसायी मारमा परेका छन् । व्यवसायीले खरिद गरेका करोडौं मूल्यका सामानहरु न्यालम सरकारले तातोपानी नाका हुँदैं नेपाल छिर्न कडाइ गरेपछि सामानहरु उत्तै रोकिएका हुन् । न्यालम प्रशासनले तातोपानी नाका हुदैं आउजाउमा कडाइ गरेपछि समयमा करोडौंको सामान आउन नपाएको हो ।

रसुवा नाका बन्द भएपछि व्यवसायीले तातोपानी नाका हुँदै मालबस्तु नेपाल ल्याउन लागेको थिए । तर न्यालम प्रशासनले कन्टेनर आउजाउमा कडाइ गरेपछि प्रर्याप्त मालबस्तु बोकेका कन्टेनर आउन नसकेको हो ।

अधिकांश कन्टेनरमा दसैं तिहारका सामान छन् । साउनको पहिलो सातादेखि तातोपानी सडक खण्डअन्तर्गत कोदारी सडक खण्ड बन्द भएपछि चीनबाट तातोपानी भन्सार कार्यालयमा मालबस्तु बोकेका कन्टेनर आउन पाएको थिएन् । कोदारी सडक सुचारु भए पनि न्यालम सरकारले कन्टेनर आउजाउमा कडाइ गरेपछि करोडौंका सामान उत्तै रोकिएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) कानुसार तिब्बतको न्यालम प्रशासनले सीमित संख्यामा मालबस्तु बोकेका कन्टेनर छोडेका कारण अरबौं रुपियाँका सामानहरु चिनियाँ भू–भागमा रोकिएको दुखेसो पोख्नुभयो ।

चीनको न्यालम, केरुङ लगायतका शहरमा नेपाली व्यापारीले किनेका सामानहरु रोकिएको उहाँले पीडा सुनाउनुभयो । कतिपय मालबस्तु लोड गरेर राखिएको भए पनि न्यालम प्रशासनले कन्टेनरमा छाडेको छैन् । त्यसकारण व्यवसायी व्यापारी मारमा परेको बताएका छन् ।

तातोपानी नाकाबाट मालबस्तु बोकेका कन्टेनर ल्याउन कठिन हुन थालेपछि कतिपय व्यवसायीले मुस्ताङो कोरला नाका हुँदै व्यापारिक सामान ल्याउन थालेका छन् । तर जाडो मौसममा हिउँ पर्ने, जम्ने कारण कन्टेनर आउजाउमा समस्या पर्ने देखिएको छ । तर पनि दसैं तिहारका सामानहरु सोही नाकाबाट आयात गरिएको घिमिरेले बताउनुभयो । हिउँ पर्ने र जम्ने हुँदा उक्त नाकाबाट मालबस्तु ल्याउन कठिन हुने देखिन्छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की नेतृत्वमा नेपालस्थित चिनियाँ दुतावासलाई मालबस्तु बोकेको कन्टेनर पर्याप्त मात्रामा छोड्नका लागि न्यालम प्रशासनसँग पहल र समन्वय गरिदिन लिखित, मौखिक रुपमा आग्रह गरेको छ ।

नेपाल सरकारले नै पहल गर्दा झन राम्रो हुने संघको ठम्माइ छ । न्यालम प्रशासनले तातोपानी नाका हुँदै दैनिक १५ देखि २० वटा कन्टेनरसम्म मात्र छोडेको छ । तर उसले दैनिक ४० देखि ५० वटा बढी संख्यामा मालबस्तु बोकेको कन्टेनर छोडेमा रोकिएका सामान केही महिनामा नै आयात हुने घिमिेरेले बताउनुभएको छ । यसका लागि सरकारले पहल थालिदिन उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...