राजनीति

एमालेले बनायो महाधिवेशन प्रतिनिधिको मापदण्ड, २२०० प्रतिनिधिले मत हाल्ने

काठमाडौं। नेकपा एमाले सचिवालय बैठकले आउँदो ११औं महाधिवेशनका लागि प्रतिनिधि संख्या निर्धारण गरेको छ। शनिबार सम्पन्न बैठकको निर्णयबारे एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

पाण्डेका अनुसार करिब २२०० प्रतिनिधिहरू आगामी महाधिवेशनमा सहभागी हुनेछन्। एमालेले आगामी मंसिरमा काठमाडौंमा ११ औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिनिधि संख्या निम्न मापदण्ड अनुसार तय गरिएको छः

१. प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट पहिलो १२०० सदस्यबाट ४ जना (एक महिला, एक ४० वर्ष मुनिका युवा र दुई खुला_र त्यसपछि थप ८०० सदस्यबाट प्रत्येकमा थप एक जना प्रतिनिधि रहने।
२. प्रदेश कमिटीबाट कम्तीमा दुई महिला सहित पाँच जनाका दरले ४५ जना।
३. विशेष क्षेत्रीय समिति (जिक) ११ वटाबाट ४७ जना।
४. प्रवासबाट ३० जना प्रतिनिधि।
५. केन्द्रिय कार्यालय र ३२ विभागबाट एकरएक गरी ३३ जना।
६. जनसंगठनहरूबाट कुल १२७ जना (महासंघ ढाँचाका संगठनबाट ७ र अन्यबाट ५ का दरले)।
७. मनोनित सदस्यहरू पनि रहने।
८. केन्द्रीय कार्यसमितिबाट ३५४ जना।
९. केन्द्रीय अनुशासन आयोगबाट २९ जना।
१०. केन्द्रीय लेखा आयोगबाट ३० जना।
११. निर्वाचन आयोगबाट २५ जना।
१२. केन्द्रीय सल्लाहकार परिषद्‌बाट २५ जना।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...