राजनीति

विघटनको संघारमा नेकपा एस

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादी नेकपा एस विघटनको सँघारमा पुगेको छ । नेकपा एससँगै माओवादी केन्द्रमा पनि एकता प्रक्रिया नै स्थगनको माग गरिएको छ ।

नेकपा एमालेबाट चार वर्षअघि विद्रोह गरेर नेकपा एस पार्टी स्थापना भएको थियो । शुक्रबार केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले शनिबार छुट्टै भेला गर्नुभएको छ ।

एमालेसँगको विद्रोहमा निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा २० प्रतिशतभन्दा बढीको हस्ताक्षरसहित आफ्नो आवेदनको पुष्टि गर्दा २ भदौ २०७८ मा नेकपा एसले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसपछि निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहभागी भएको थियो । तीन दिनसम्म चलेको नेकपा एस केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्र सँग एकता गर्ने निर्णय विवादमा परेको छ । माओवादीले पनि सहजै एकता स्विकारेको छैन । नेकपा एसका जिल्लादेखि केन्द्रीय नेता एमालेमा प्रवेश गरिरहेका छन् ।

शुक्रबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पक्षधरले बहुमतका आधारमा केन्द्रीय कमिटीमार्फत माओवादीसँग एकताको निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै शनिबार काठमाडौँ सुकेधारामा भेला आयोजना गरेको हो । सो भेलाको उद्देश्य नै एकता नगर्ने र नेकपा (एस)कै पुनर्संरचना गर्नेमा केन्द्रित थियो । यसले नेकपा एस विभाजनको सँघारमा पुगेको स्पष्ट देखिन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा आफू एमालेमा नफर्किने स्पष्ट पार्नुभएको थियो ।

शनिबारको भेलाको नेतृत्वकर्ता नेकपा एसका महासचिव घनश्याम भुसालले एक दलसँग भन्दा पनि वैकल्पिक वामपन्थी एकता नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । कुनै दलसँगको एकता नमान्ने र नेकपा एसकै निरन्तरताका बारेमा छलफल सुरु गरिएको दाबी उहाँले गर्नुभयो । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा नेकपा ९एस० का अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडि बढाएर बलियो कम्युनिस्ट शक्ति बनाउने अभियानमा रहेको दाबी गर्नुहुन्छ । उहाँले केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको र पार्टी सोही अनुसार अघि बढ्ने बताउनुभयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...

इलाम कारागारभित्रै मतदान

इलाम कारागारभित्रै मतदान

इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...