राजनीति

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन

काठमाडौँ। नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ। आइतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भूवन भट्टले नेपाली काँग्रेस सुधार अभियान चलाएको बताउनुभयो।

कांग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताउनुभयो। नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो। समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताउनुभयो।

उहाँले मुलुकलाई नेतृत्व गर्नुपर्ने काँग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताउनुभयो। काँग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिनुभयो। तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गर्नुभयो। –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...