दिल्ली एयरपोर्टमा आठ घण्टासम्म हिरासतमा राखेर अपमान
काठमाडौं। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली युवती सम्भवी अधिकारीलाई आठ घण्टासम्म हिरासतमा राखेर अपमान गरिएको घटना सार्वजनिक भएको छ।
जर्मनीको बर्लिनमा भएको वर्ल्ड हेल्थ समिटमा सहभागी हुन उनी दिल्ली ट्रान्जिट हुँदै त्यसतपर्फ जाँदै थिइन।तर, उनलाई दिल्लीमा आठ घण्टा नियन्त्रणमा लिएर नेपाल नै फर्काइएको पाइएको हो।
सम्भवीले आफ्नो सबै आवश्यक कागजात हुँदाहुँदै नेपाली पासपोर्ट बोकेकै कारण नियन्त्रणमा लिइएको र नेपाल फर्ता गरिएको दाबी गरेकी छन्।
उता भारत सरकारले भने सम्भावी भारत रोकिनुमा अध्यागमनको नभइ एरलाइन्सको नीतिका कारण रोकिएको बताएको छ।
घटना के हो?
बर्लिनको सम्मेलनमा सहभागी हुन जाने तयारीमा सम्भवीसँग सबै कागजात तयार थियो। भिसा, प्रायोजन पत्र, दुवैतर्फको हवाइ टिकट र आवासको विवरण उनले बोकेकी थिइन्। उनी एयर इन्डियाबाट दिल्ली पुगेर कतार एयरवेजहुँदै बर्लिन जाने टिकट थियो। तर, दिल्ली एयरपोर्टमा उनलाई रोकियो र अध्यागमन अधिकारीहरुले अनगिन्ती प्रश्न सोधे।
‘तपाईंलाई कसले निम्तो दियो? किन जाँदै हुनुहुन्छ? नेपाली भएर किन यस्तो सम्मेलनमा जाने? तपाईं विद्यार्थी हो? पुग्ने पैसा छ कि छैन?’ भन्दै अनगन्ति प्रश्नहरु सोधिए,’ सम्भवीले आफ्नो फेसबुकमा लेखेकी थिइन्।
आधा घण्टासम्मको सोधपुछपछि पनि अधिकारीहरू सन्तुष्ट भएनन्। सम्भवीले लेखेकी छन्, ‘त्यहाँबाट एकजना अज्ञात व्यक्ति फोनबाट लगातार उनलाई झुटो बोलिरहेको जस्तो बताए। अन्ततः एक अधिकारीले उनको बस्ने अवधि शङ्कास्पद भएको मात्र भने र आठ घण्टा नियन्त्रणमा राखे।‘
बोर्डिङ पास च्यातेर हिरासत
सम्भवीलाई एयरपोर्टभित्रै हिरासतमा राख्नुअगाडि उनको बोर्डिङ पास च्यातेर फालियो। उनलाई राहदानी र सामान पनि दिइन। खाना, पानी, इन्टरनेटको सुविधाविना राखिएको उनले बताइन्।उनलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न वा शौचालय प्रयोग गर्न पनि अनुमति दिइएन।
‘एकरात एरपोर्टमै बिताएपछि नेपाल एयरलाइन्समार्फत उनको उद्दार गर्यो र नेपाल फर्काइयो,’ उनले भनिन्, ‘भोलिपल्टै उनी कतार एयरवेजको उडानबाट दोहाहुँदै बर्लिन पुगिन्।‘
हाम्रो कारणले रोकिएको होइन: भारत

यस घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका नभएको भारतको गृह मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार यो घटनामा सम्बन्धित एयरलाइन्स (कतार एयरवेज)ले आफ्नो र गन्तव्य देशको नियमअनुसार गरेको हो।अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले आफ्नो अगाडिको यात्राका लागि भारतीय अध्यागमनसँग सम्पर्क गर्नु नपर्ने पनि स्पष्ट गरिएको छ।
गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ’घटनालाई नेपाली नागरिकहरू विरुद्धको पूर्वाग्रह वा भेदभावको रूपमा गलत चित्रण गर्नु उचित होइन। यो एयरलाइन्स र यात्रु बीचको मामला हो। कुनै भारतीय अधिकारीले यसमा हस्तक्षेप गरेको छैन।‘
भारतले नेपालसँगको आफ्नो सुदृढ सम्बन्धको कदर गर्दै कुनै पनि भारतीय अधिकारीले नेपाली नागरिकहरूप्रति पूर्वाग्रह नगरेको आश्वासन दिएको छ।
यो घटनाले नेपाली नागरिकहरूले विदेशी यात्रामा जाने क्रममा भोग्नुपर्ने कठिनाइ र सम्भावित अपमानलाई पनि उजागर गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




