राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलन सुरु गर्यो
काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा तत्काल कर्जा प्रवाहको अवस्था कम देखिएकाले नेपाल राष्ट्र बैंकले लामो अवधिका लागि निक्षेप संकलन सुरु गरेको छ। पछिल्ला दिनमा बजारमा कर्जाको माग कम देखिँदा बैंकहरुमा लगानीयोग्य रकम बढेको छ।
राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ दीर्घकालीन निक्षेप संकलन गर्ने तयारी गरेको छ। गत बुधबार पनि १७५ दिन अवधिको उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाइएको थियो। यसरी निक्षेप संकलनले बैंकिङ प्रणालीमा अतिरिक्त तरलता व्यवस्थापन गर्न मद्दत पुर्याउने राष्ट्र बैंकको भनाइ छ।
निक्षेप संकलनको बोलकबोल प्रक्रिया अनलाइन हुनेछ र ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ। सहभागी हुन पाउने बैंक तथा वित्तीय संस्थाहरू ‘क’, ‘ख’ र ‘ग’ वर्गका मात्र हुन्।
केन्द्रिय बैंकले वित्तीय प्रणालीमा अत्यधिक तरलता व्यवस्थापन र ब्याजदर सन्तुलनका लागि यस्ता दीर्घकालीन निक्षेप उपकरण र स्थायी निक्षेप सुविधा नियमित प्रयोग गर्दै आएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




