जनता कसको पक्षमा छन्, एमालेले देखाइदिन्छ : शंकर पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन् भन्ने कुरा नेकपा एमालेले चाँडै देखाइदिने बताउनुभएको छ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मंसिर २७, २८ र २९ गते एमालेले काठमाडौंमा पार्टीको ११ औँ महाधिवेशन गर्न लागेको बताउँदै महाधिवेशनको उद्घाटन कार्यक्रममा इतिहासकै सबैभन्दा ठुलो सभा गर्ने घोषणा गर्नुभयो ।
जनता प्रमुख दलबाट विमुख भएका छन् भनि निर्माण गरिएको भाष्य गलत हो भन्ने कुरा साबित गर्ने हिसाबले कात्तिक २२ गते हामी देशै भरी सबै वडाहरूमा एक साथ वडास्तरीय जनभेला आयोजना गर्दै छौँ, २५ गते पालिका–पालिकामा जनर्यालीहरू आयोजना गर्दै छौँ, २९ गते जिल्ला–जिल्लामा जनसभाहरू आयोजना गर्दै छौँ, काठमाडौं उपत्यकाको हकमा मंसिर ६ गते उपत्यका स्तरीय र्याली तथा सभाको आयोजना गर्दै छौँ र म तपाईँहरू सबैलाई सुनाउन चाहन्छु– मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनासभा हामी काठमाडौंमा आयोजना गर्दै छौँ, हामी देखाउन चाहन्छौँ जनता कसको साथमा छन्, जनता कहिल्यै पनि हत्या, हिंसाको साथमा हुँदैनन्’, उहाँले भन्नुभयो ।
युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको उहाँले बताउनुभयो । नेकपा एमाले तीन पुस्ताको संयोजनबाट बनेको पार्टी भएको बताउँदै उहाँले आउने महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लष्टर नै तोकेको स्पष्ट पार्नुभयो । युवाहरूको लागि सबैभन्दा बढी काम गर्ने पार्टी नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको थियो । संवादमा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायत सहभागी हुनुहुन्थ्यो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




