दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणबाट ४ हिज्बुल्लाह सदस्यको मृत्यु
दक्षिणी लेबनानी गाउँ कफर रुम्मानेमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । राष्ट्रिय समाचार एजेन्सीकाअनुसार इजरायली ड्रोनले गाउँको पूर्वी बाहिरी इलाकामा रहेको दोहा–कफर रुम्माने सडकमा निर्देशित मिसाइलसहित चार पाङ्ग्रे गाडीलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो।
एक सुरक्षा स्रोतले बताएअनुसार चार जना पीडितहरू हिज्बुल्लाहका सदस्य थिए। नोभेम्बर २७, २०२४ देखि, संयुक्त राज्य अमेरिका र फ्रान्सले मध्यस्थता गरेको हिज्बुल्लाह र इजरायल बीच युद्धविराम सम्झौता लागू भएको छ।
जसले गाजा पट्टीमा युद्धपछि शुरु भएको महिनौंदेखि सीमापार झडपहरूको अन्त्य गरेको छ। सम्झौताको बावजुद इजरायली सेनाले लेबनानमा कहिलेकाहीं आक्रमणहरू जारी राखेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




