अर्थ

हात्ती परिचालन गरेर बाघको खोजी

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहँुदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत कात्तिक ८ गते स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा शव फेलापरेको थियो । तर घटना घटेको दश दिन बितिसक्दासमेत जङ्गली जनावर फेलापरेको छैन ।

बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको थारूको भनाइ छ ।

आक्रमण गर्ने वन्यजन्तुको पहिचान र नियन्त्रणको लागि घटना भएको क्षेत्रमा पाँच सयदेखि एक किलोमिटर क्षेत्रको फरकमा नौ थान ‘क्यामेरा’ जडान गरिए पनि क्यामेरामा जङ्गली जनावर नदेखिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिनुभयो ।

“स्थानीयवासीलाई थप जोखिम नहोस् र सुरक्षाको प्रत्याभूति होस् भन्ने उद्देश्यले निकुञ्जबाट प्रविधिको प्रयोगका साथै दैनिक मानवीय जनशक्तिसमेत खटाएर बाघ नियन्त्रणको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “निकुञ्जका जनशक्ति, नेपाली सेनाका साथै तीनवटा हात्ती परिचालन गरेर बाघको खोजी भइरहेको छ ।”

बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायःजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रूपमा वनजङ्ल नजिक नजान अनुरोध गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुनबमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गर्नुभयो । आगामी दिनमा बाघका कारण हुनसक्ने जोखिम न्यूनीकरण र मध्यवर्ती क्षेत्रका नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्थानीय र सरोकारवाला निकायसँग छलफल गरिएको उहाँको भनाइ छ ।
–––

सम्बन्धित समाचार

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको...

कति छ डलरको भाउ?

कति छ डलरको भाउ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र...

पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आम सर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी...

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...