यातायात र भान्छा विद्युतीकरणमा परिवर्तन गर्न सरकार प्रतिबद्धः मन्त्री घिसिङ
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्छालाई विद्युतीकरणमा रूपान्तरण गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ।
आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, “विद्युतीय गाडीको प्रयोग बढिरहेको छ। भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापित गरेर इन्डक्सन वा वैकल्पिक ऊर्जाको प्रवद्र्धन गर्न अझै धेरै काम गर्न बाँकी छ।”
मन्त्री घिसिङले चार्जिङ स्टेशनको सहजीकरण गर्न नीति परिवर्तन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सिँचाइ क्षेत्रमा सोलार ऊर्जा प्रयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार कार्ययोजना बनाइरहेको छ। साथै, हावाबाट बिजुली उत्पादन गर्न इच्छुक निजी क्षेत्रलाई सहयोग गर्ने सरकारको तयारी रहेको पनि उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौतले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जलवायु परिवर्तनको असर घटाउने, ऊर्जा दक्षता वृद्धि गर्ने र कार्बन उत्सर्जन कम गर्ने महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो। उहाँले नागरिकमा विद्युत् पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य हासिल गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाको विकासका लागि केन्द्रले सौर्य ऊर्जा, सिँचाइ, खानेपानी र सुधारिएको फलामे चुलो लगायत क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले आठवटा कार्बन उत्सर्जन कटौती आयोजनाबाट ३६ मिलियन अमेरिकी डलर आम्दानी भएको र हाल १३६ स्थानीय तहसँग साझेदारी रहेको बताउनुभयो। आगामी पाँच वर्षमा १० लाख घरधुरीसम्म पुग्ने लक्ष्य राखिएको र सबै प्रकारका प्रविधि प्रयोग गरेर ३७ लाख घरधुरीमा सेवा पुर्याउने योजना रहेको ढकालले जानकारी दिनुभयो।
यसबाट हाल ४० हजार रोजगारी सिर्जना भएको उहाँले जोड दिनुभयो।
कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र र कार्यान्वयन योजना विमोचन गर्नुभयो। वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...




