निकोलस भुसाल गोरखबाट पक्राउ
गोरखा। प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ। मंगलबार गोरखा नगरपालिका–८ रानीवनको ऋषिको कुटीबाट लुकिरहेको अवस्था मा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो।
उहाँका अनुसार सोमबार साँझ गोरखा आइपुग्नु भएका भुसाल केही दिनदेखि प्रहरीको खोजीको सूचीमा रहेकाले गोरखा आइपुगेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो।
अहिले भुसाल प्रहरीको नियन्त्रणमा भएकाले अबको केही बेरमै काठमाडौं पठाइने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




