राजनीति

गुण्डुमा झलनाथसँग ओलीको भेटवार्ता, के विषयमा भयो कुराकानी?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ। अध्यक्ष ओली निवास गुण्डुमा ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयो।

उहाँले पार्टी अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको जानकारी दिँदै एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा सुधार आएको बताउनुभयो।

नेकपा समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको जानकारी दिँदै उनले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले फर्किंदा हुनसक्ने कानुनी जटिलताका बारेमा जानकारसँग छलफल चलिरहेको जानकारी दिनुभयो।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...