एकीकृत समाजवादीसँगको यात्रा आजैबाट सकियो : रामकुमारी झाँक्री
काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताउनुभएको छ।
एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो।
नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुसी नै भएको बताउनुभयो। ‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ’ उहाँले भन्नुभयो।
नेतृ झाँक्रीले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको बताउनुभयो।
‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केही जिम्मेवारीहरु थिए । त्यही कारणले गर्दा त्यो यात्रा बिचैमा टुंग्याउन सकेका थिएनौँ तर आज यो यात्रा टुंगिएको छ। तर यात्रा ट्ंगिदै गर्दा हामी एक हिसाबले खुसी नै छौं,’ उहाँले भन्नुभयो।
उहाँले एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै आजबाट त्यो विश्वास पनि सकिएको बताउनुभयो। उहाँले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गर्नुभयो।
‘नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ। समाजवादी पार्टी सँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुंगियो । त्यो पार्टीसँगको यात्रा टुंगिसके पछाडि हाम्रो रोकिएको अवस्था हो । हामी भित्रपनि धेरै आइडियाहरु छ। हामी सँग पनि थुप्रै साथिहरु छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदैछ,’ उहाँले भन्नुभयो।
नेतृ झाँक्रीले समाजवादी पार्टी, दल भित्रका अन्तरिक लोकतन्त्रहरु खुँम्चिएको बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विर्सजन गर्ने बनाएको पनि बताउनुभयो।
‘समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दल भित्रका अन्तरिक लोकतन्त्रहरु पनि खुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्याउन सक्छौँहोला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ । तर समयले पार्टी विर्सजन गर्ने बनायो,’ उहाँले भन्नुभयो।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




