राजनीति

दुर्गा प्रसाईसँग वार्ता गर्दै सरकार

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गृहमन्त्रीसँग वार्ताका लागि समय माग गरेकोमा मन्त्रालयले कात्तिक २६ गते वार्ताका लागि समय दिएको छ ।

यस अघि प्रसाईले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वार्ताका लागि समय मागेकोमा मन्त्रालयले काठमाडौं प्रशासनमार्फत नै समय उपलब्ध गराएको हो ।

प्रसाईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० दिन अघि कात्तिक ९ गते वार्ताका लागि गृहमन्त्री ओमप्रकाश अर्यालसँग समय मागेकोमा मन्त्रालयले कात्तिक २६ गते बिहान १० बजेका लागि वार्ताको समय दिएको गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईँको संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट करिव १० दिन अघि सरकारसँग वार्ताका लागि समय मागेको थियो । यहिँ कात्तिक २६ गते बिहान १० बजे मन्त्रालयमा वार्ता गर्नेगरी समय दिइएको छ ।’

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...