एमालेको ११ औं महाधिवेशन : कहाँबाट कसरी आउछन् २१२७ प्रतिनिधि ?
काठमाडौं। नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधीहरु कुन क्षेत्रबाट कतिजनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी २७–२९ मंसिरमा काठमाडौंमा हुने महाधिवेशनमा २१२७ जना प्रतिनिधि सहभागी हुनेछन् ।
पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन ९अपानि० मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट बनाएर मातहतका कमिटीलाई पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीका अनुसार पार्टी सदस्यताको संख्या अनुसार विभिन्न ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । ‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको संख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरु खुलाएर मातहतका कमिटीमा पठाइएको छ ’डा।अधिकारीले भन्नुभयो ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरुले लागु गर्ने छन् ।
यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज,पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’
एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी,तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित सहित ४६४ जना प्रतिनिधि रहनेछन् । जस अनुसार केन्द्रीय कमिटीबाट ३५५,अनुशासन आयोग २९,निर्वाचन आयोग ३०,लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन् ।
यसैगरी स्वदेशका प्रदेश स्तरीय ९विशेष प्रदेश सहित० का कमिटीहरुबाट कम्तीमा दुईजना महिला सहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबै भन्दा ठूलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्त अनुसार ११३५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १२०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक जना युवा र एक जना महिला सहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् । संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ ‘न्यूनतमा १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८÷८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने । सो भन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने । ’
अपानिका अनुसार स्वदेशका विशेष जिल्ला अन्तरगत १२०० जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिला सहित तीनजना निर्वाचित प्रतिनिधि रहने । ९सदस्य संख्या ८ ०० नाघेमा प्रत्येक ८०० मा थप एक,यस्तो संख्यामा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गर्ने ० यसरी विशेष जिल्ला अन्तरगत ४७ जना निर्वाचित प्रतिनिधि संख्या करिब रहने जनाइएको छ ।
एमालेको महाधिवेशनमा दलित आरक्षण अन्तरगतका प्रनिनिधि कम्तीमा ८१ जना रहनेछन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यस भन्दा माथी सदस्य भएमा दुई जना र तीनजना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एकजना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ । श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जस अनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यहरुबाट कम्तीमा तीनजना महिला सहित ७ जनाका दरले प्रतिनिधिहरु निर्वाचित भएर आउनेछन् ।
एमालेका प्रवासमा रहेका कमिटीहरुबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीनजना महिला सहित १० जना,अमेरिका÷क्यानडा,युरोप,एशिया प्यासिफिक,खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिला सहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा जनाइएको छ । केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरु मध्येबाट एक÷ एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यहरुबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ ।
पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसुची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन जना महिला सहित ७ जना प्रतिनिधि हुनेछन् । यस अन्तरगत खेलकुद महासंघ,किसान महासंघ,अनेरास्ववियु,युवा संघ नेपाल लगायतका ११ जनसंगठन छन् । अनुसुची दुई अन्तरगतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिला सहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ । ‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन्’ पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भन्नुभयो ।
यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको संख्या २,०२६ जना हुनेछ । एमालेको विधान अनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जस अनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधिको संख्या २,१२७ हुने एमालेले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




