राजनीति

रवि र छविको फाइल झिकाउने आदेश

भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ।

बिहीबार न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालतको आदेश र मिसिल फाइल माग गर्दै आदेश जारी गरेको हो।

उक्त आदेशपछि लामिछानेले आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउनुपर्ने मागसहित दिएको निवेदनमाथि सुनुवाइ अघि बढ्नेछ।

बिहीबारको सुनुवाइका क्रममा छविराज जोशीतर्फका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मिसिल अपुग भएको भन्दै थप फाइल झिकाउने आदेश दिनुभएको थियो। फाइल आएपछि मात्र अर्को पेसी तोक्ने र त्यसपछि सुनुवाइ अघि बढ्ने जानकारी अधिवक्ता खतिवडाले दिनुभयो।

न्यायाधीशको उक्त निर्णयपछि बिहीबार लामिछाने पक्षका कानुन व्यवसायीलाई बहस गर्न मौका मिलेन। मुद्दाको अर्को पेसी कहिले हुने भन्ने टुंगो लागिसकेको छैन।

लामिछाने र जोशी दुवै एउटै प्रकारको कसुरमा थुनामा हुनुहुन्छ। जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश जारी गर्दा लामिछानेसँग भने एक करोड रुपियाँ धरौटी मागेको थियो।

सम्बन्धित समाचार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...