खेलकुद

हङकङ सिक्सेस ; अफगानिस्तानविरुद्ध भिड्दै नेपाल

काठमाडौँ- हङकङ इन्टरनेसनल सिक्सेस-२०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। मङ कोकस्थित मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ।

शरद भेषावकरको कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ। टोलीमा सन्दीप जोरा, लोकेश बम, बशिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्।

नेपाल समूह ‘ए’ मा रहेको छ जसमा अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन्।

त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई, समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान र समूह ‘डी’ मा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका रहेका छन्।

प्रतियोगिताअन्तर्गत आज शुक्रबार १० वटा खेल खेलिने छ। नेपालले भने आज एक मात्र खेल अफगानिस्तानविरुद्ध खेल्नेछ।

नेपालले आगामी खेलहरूमा शनिबार दक्षिण अफ्रिका, हङकङ र कुवेतसँग तथा आइतबार यूएईविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...