समाचार

असोजको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी

काठमाडौँ। गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दाबी परेको छ। गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार करिव ४३४ वटा बीमा दावीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुद्रिक बीमाका तीन आवेदन परेको छ।

कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको छ। सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दाबीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ। यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो।

सम्बन्धित समाचार

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

झापा। झापा क्षेत्र नम्बर ५ स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ । सार्वजनिक भएको...

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने...

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पर्सा। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका १५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा भेटिए

बूढानीलकण्ठमा एक जना मृतावस्थामा भेटिए

काठमाडौं। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् । हाल...