अन्तर्राष्ट्रिय

रुसमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु, २ जना घाइते

रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रवार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ । स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए ।

जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ ।दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन् ।

सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको उल्लेख गरे । अधिकारीहरूले रिपोर्ट गरे कि का–२२६ हेलिकप्टर ठोक्किँदा आगलागी भएको थियो । पूर्णरूपमा ध्वस्त भएको थियो । क्षेत्रीय आपतकालीन सेवाहरूले उडानको इन्जिनमा आगो लागेको कारण दुर्घटनाको प्राथमिक कारण मानिएको छ ।

दागेस्तानका लागि रूसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले एक विज्ञप्तिमा भनेको छ कि किज्ल्यारबाट इज्बरबाश जाँदै गरेको निजी हेलिकप्टर बसोबास नभएको घरमा ठोक्किएको थियो ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...