अन्तर्राष्ट्रिय

टर्किएले २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने

टर्किएले बढ्दो बिजुलीको मागलाई सम्बोधन गर्न २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलरको कुल लगानी गर्ने लक्ष्य राखेको छ । योजनाको एक भागको रूपमा टर्किएले आफ्नो स्थापित वायु र सौर्य क्षमतालाई १ लाख २० हजार मेगावाटमा बढाउने लक्ष्य राखेको छ ।

ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री अल्पर्सलान बायरक्तरले २०२६ को लागि संसदको बजेट छलफलमा प्रश्तुतीकरणको क्रममा बताउनु भयो । मन्त्रीकाअनुसार लगानी घरेलु कोइलाबाट चल्ने पावर प्लान्टहरूलाई सहयोग गर्न र नयाँ उच्च–भोल्टेज प्रसारण लाइनहरू र ट्रान्सफर्मर सबस्टेशनहरूको निर्माण सहित ग्रिड पूर्वाधार सुधार गर्न निर्देशित गरिनेछ ।

टर्कीले आणविक ऊर्जा विकासमा पनि आफ्नो प्रयासलाई तिब्र पारिरहेको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...