अर्थ

त्रिभुवन विमानस्थलमा लाइट नहुँदा आकाशमै जहाज `होल्ड´, उडान/अवतरण प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा आएको समस्याका कारण हवाई उडान/ अवतरण प्रभावित भएको छ।

विमास्थलमा लाइट नहुँदा अवतरण हुन आएका विमान आकाशमै हाेल्ड भइरहेका छन्। विमानस्थलमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार दिउँसाेदेखि नै अन्तर्राष्ट्रिय र राष्ट्रिय उडानमा रहेका जडाज अवतरणमा सकस परेको हो।

विमानस्थल  अनुसार, रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएकाले विमान अवतरण सम्भव नभएको हो ।

यो समस्याका कारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन्। स्रोतका अनुसार  शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको हो । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् ।

बिग्रेको लाइटिङ प्रणाली मर्मतको काम भइरहेको र यो नबनेसम्म उडान तथा अवतरण सम्भव नहुने विमानस्थलले जनाएको

छ ।

सम्बन्धित समाचार

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...