हवाई ट्राफिक कटौती लागू हुँदा १ हजार बढी अमेरिकी उडानहरू रद्ध
अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्दको समयमा हवाई ट्राफिक नियन्त्रकहरूको अभावका कारण हवाई ट्राफिक कटौती लागू भएपछि संयुक्त राज्य अमेरिकाभर १ हजार भन्दा बढी उडानहरू रद्ध गरिएको छ ।
अमेरिकी उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरकाअनुसा ४ हजार ३ सय भन्दा बढी उडानहरू ढिलाइ भएका थिए । १ हजार भन्दा बढी रद्ध गरिएका छन् । अमेरिकी यातायात विभाग र संघीय उड्डयन प्रशासनले बुधवार संघीय सरकारले शुक्रवारदेखि ४० स्थानहरूमा हवाई ट्राफिक घटाउने घोषणा गरेपछि यो आएको हो । यातायात सचिव सीन डफीले यदि सरकारी बन्द लम्बियो भने उडान कटौती २० प्रतिशतसम्म बढ्न सक्ने बताउनुभएको छ ।
बन्द शुरु भएदेखि, लगभग १३ हजार हवाई ट्राफिक नियन्त्रकहरू र लगभग ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरूलाई तलब बिना काम गर्न बाध्य पारिएको छ । केही हवाई ट्राफिक नियन्त्रकहरूले हप्तामा ६ दिन १० घण्टा काम गरिरहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




