राजनीति

जनपरिचालन कार्यक्रम भव्य र व्यवस्थित बनाउन एमालेको पाँच बुँदे निर्देशन

काठमाडौं, कात्तिक २३। नेकपा (एमाले) ले प्रतिगामी षड्यन्त्रविरुद्ध सञ्चालन गर्न लागिएको पालिकास्तरीय जनपरिचालन कार्यक्रम भव्य र व्यवस्थित बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।

पार्टी महासचिव शंकर पोखरेलले पालिकास्तरीय जनप्रदर्शनका लागि तयारी र सञ्चालनसम्बन्धी निर्देशन जारी गर्नुभएको हो। उहाँले कात्तिक २५ गते देशभर एकसाथ सञ्चालन हुने जनप्रदर्शनलाई सफल र प्रभावकारी बनाउन प्रत्येक पालिकाले समन्वयपूर्वक तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ।

महासचिव पोखरेलले जारी गर्नुभएको निर्देशनमा भनिएको छ, ‘२५ गते पालिका स्तरमा हुने प्रतिगामी षड्यन्त्रविरुद्धको जनप्रदर्शनका लागि आवश्यक तयारी यी बुँदाअनुसार गरौँ।’

निर्देशनका मुख्य पाँच बुँदा यस प्रकार छन् :
१. आवश्यकताअनुसार झण्डा, ब्यानर र प्लेकार्डहरू तयार गर्नुपर्ने।
२. जनसम्पर्कका लागि ह्याण्ड माइक वा हल्का खालको साउण्ड सिस्टम प्रयोग गर्नुपर्ने।
३. जनप्रदर्शन सञ्चालनका लागि घनावस्ती भएको बजार क्षेत्र चयन गर्नुपर्ने।
४. जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा आयोजना गर्नुपर्ने।
५. जनप्रदर्शनका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शेयर गर्दै सञ्चारमाध्यमहरूमा पठाउनुपर्ने।

महासचिव पोखरेलले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई जनसहभागिता अभिवृद्धि गर्न, अनुशासन कायम राख्न र कार्यक्रमलाई जनताको उत्साहपूर्ण सहभागितासहित सफल बनाउन आह्वान गर्नुभएको छ।

कार्यक्रममा प्रयोग गर्न सुझाइएका नाराहरू पनि निर्देशनमा समावेश गरिएको छ। ती नाराहरू यस प्रकार छन् :

‘प्रतिगामी षड्यन्त्र – मुर्दावाद।’

‘विघटित प्रतिनिधिसभा – पुनर्स्थापना गर।’

‘२३ र २४ को आपराधिक घटनाको – निस्पक्ष छानबिन गर।’

‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई – कारबाही गर।’

‘हत्या, हिंसा, आतङ्क – बन्द गर।’

‘नेकपा (एमाले) – जिन्दाबाद।’

‘जनताको बहुदलीय जनवाद – जिन्दाबाद।’

पार्टीले हालैको घटनाक्रमलाई ‘देशको लोकतान्त्रिक प्रणाली र स्थायित्वविरुद्धको प्रतिगामी प्रयास’ भन्दै विरोधका स्वरमा देशव्यापी जनसम्पर्क र परिचालन अभियान थालेको हो। पालिकास्तरीय कार्यक्रममार्फत गाउँ–सहरका जनतालाई संगठनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्य एमालेले लिएको बताइएको छ।

सम्बन्धित समाचार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...