अर्थ

नेप्से परिसूचक ३०.०२ अङ्क घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.९० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अङ्कले घटेको छ ।

आइतबार कारोबारमा आएका ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत आइतबार ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचकका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.९१ प्रतिशत घटेको छ। तर यता बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार नेप्से परिसूचक घटे पनि ती कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर कम्पनीको २७ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ ।

Marbal

सम्बन्धित समाचार

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...