नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयोः ओली
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहोर्याउन खोजिएको जिकीर गर्नुभयो । उहाँले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागि परेको समेत बताउनु भयो।
उहाँले भन्नुभयो,‘जहाँ अधिनायकवाद शुरु हुन्छ । त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ । विभिन्न देशमा हामीले यो देखेका छौं । म्यानमारमा हामीले देख्यौं । त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो । ६ वर्ष भयो त्यो मिति सरेको सर्यै छ। बंगलादेशमा ६ महिना भित्र चुनाव गरिसक्ने भन्नेकुरा भयो । डेढ वर्ष सर्यो । अब चुनाव नगराउने कुरा अब आउँदो फेबु्रअरीमा पनि चुनाव नहुने देखिन्छ । त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहोर्याउन खोजिएको छ । देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ । यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो । यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन । लामो समय चल्न दिनु हुँदैन ।’
अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई द्वनद्वमा फसाउने प्रयास भईरहेको समेत दोहोर्याउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




