होटलमा बनेको सरकार स्वीकार्य छैन : जसपा सचिव साह
राजविराज। जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
स्वास्थ्य उपचारका नाममा प्रदेश बाहिर निस्किनुभएको मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रासुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठन गर्नुभएको आरोप उहाँको छ ।
सोमबार बिहान आफ्ने धारणामा बताउनुहुँदै उहाँले मुख्यमन्त्रीसँग राति ४ बजे बिदा लिएर उपचारका लागि निस्किनुभएको प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोजकुमार यादवलाई सपथ दिलाउँदै संविधान र प्रदेशको अस्मिताको चीरहरण गरेको बताउनुभयो ।
साहले भन्नुभयो, “यस घटनाले न केवल संविधान र सङ्घीयताको अपमान गरेको छ, बरु मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा गहिरो चोट पुर्याएको छ ।”
जसपाले यस्तो कार्यको घोर निन्दा र भत्सर्ना गर्दै उहाँ भन्नुभयो, ‘‘होटलमा बनेको सरकार स्वीकार्य छैन ।’’ सचिव साहले संविधानको खिल्ली उडाउनेहरूलाई जनताले कहिल्यै माफ नगर्ने चेतावनी पनि दिनुभएको छ ।
उहाँले सङ्घीयता र मधेशको पहिचान जोगाउन सबै दल र सचेत नागरिकहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै “सङ्घीयता जोगाऔँ, मधेशको अस्मिता बचाऔँ,” उल्लेख गर्नुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




