संसद् पुन: स्थापनाका लागि हस्ताक्षर थालेपछि गगन थापाको आह्वान : फागुन २१ को निर्वाचन सफल बनाउन लागौँ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गर्नुभएको छ।
उहाँले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह गर्नुभएको हो।
पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि निर्वाचनमा जाने भएको महामन्त्री थापको भनाइ छ ।
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘संविधानलाई सही मार्गमा ल्याउने यही एकमात्र बाटो हो, यसमा कुनै अलमल छैन ।’
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भइरहेको अलमल २१ फागनुको निर्वाचनको विषयमा नभएको थापाको भनाइ छ । ‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो’, उहाँले लेख्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




