एमाले छाड्नुको पीडा समयले दियो/दिइरहनेछ : झाँक्री
काठमाडौं। नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनु भएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताउनुभएको छ ।
आज एमालेको घर फर्क राष्ट्रिय अभियान मार्फत एमालेमा फर्कँदै झाँक्रीले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मात्र होइन राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको बताउनुभयो । ‘नेकपा एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो’, झाँक्रीले भन्नुभयो ।
झाँक्रीले जेनजी आन्दोलनको नाममा भएको आन्दोलन सरकार र एमाले विरुद्ध सुनियोजित षडयन्त्र भएको बताउनुभयो । जेनजी आन्दोलनको रोटी सेकाएर सबै शक्ति एमाले विरुद्ध लागेका उहाँको धारणा छ । ‘आज जेनजी आन्दोलन भर्सेज नेकपा एमाले उभिएको छ’, उहाँले भन्नुभयो ।
एमालेको नर्सरीमा हुर्किएका सबै मानिसहरू आजको राष्ट्रको जिम्मेवारी पुरा गर्नको लागि एक ठाउँमा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘जेनजी आन्दोलनको स्वामित्व खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र संसद् भएन जलेको कुरालाई कसरी जस्टिफाई गर्न सक्छन् ? ज्युँदै मान्छे जलाउँदा ठिक गरे भन्नेहरूका विरुद्ध आज एमाले उभिएको छ’, उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनको नाममा पीडित भएकाहरूले आज नेकपा एमालेलाई खोजी रहेका उहाँले बताउनुभयो । नेकपा एमालेका केही नेताहरू बाहिर निस्किएर सुरक्षामा उभिएपछि मानिसहरू बाहिर निस्कन लागेको उहाँको भनाइ छ । ‘आज नेकपा एमाले नै जनताको रक्षक शक्ति हो, यो आजको वास्तविकता हो, यो वास्तविकताबाट हामी भाग्न सक्दैनौँ’, उहाँले भन्नुभयो ।
उहाँले जेनजी युवाहरूलाई एमालेमा आउन र आह्वान गर्नुभयो । एमालेले सबैलाई पार्टी प्रवेशमा चारै तिरका ढोका खुल्ला गरेको अनुभूत गरेको उहाँले बताउनुभयो । ‘हामीले पार्टीमा पुर्याएको क्षतिलाई पनि पुरा गर्ने गरी पिठ्युँ थापेर लाग्ने छौँ’, उहाँले भन्नुभयो ।
उहाँले माधव नेपालकाे पछि लागेर केही नहुने बताउँदै सबैलाई मूलप्रवाहमा फर्कन आग्रह गर्नुभयाे । गति समान नभएकाे यात्रामा नहिँड्न र नअलमलिन उहाँले आह्वान गर्नुभयाे ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




