जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरिएको छ । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ।
नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी उक्त रकम भुक्तानी भएको हो ।
कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको दाबी रकम करिब १९ अर्ब चार करोड नौ लाखमध्ये दुई अर्ब ९२ करोड ८६ लाख रुपैयाँ र मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको दाबी रकम तीन अर्ब ४७ करोड सात लाखमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख दाबी रकममध्ये ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब एक करोड ६८ लाख दाबी रकममध्ये ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी गरी दाबी रकम भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको विवरण प्राधिकरणमा बुझाएको छ ।
नेपाल पुनर्बिमा कम्पनीमा परेको कुल दुई हजार ८५७ वटा पुनर्बिमा दाबीको दाबी रकम १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको अद्यावधिक तथ्यांक छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...




