नेप्से परिसूचक बुधबार दोहोरो अंकले घट्यो, ४ कम्पनीको सकारात्मक सर्किट
काठमाडौं। बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ बिन्दुमा पुगेको छ।
आज बजारमा ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ, र ७ कम्पनीको मूल्य स्थिर रह्यो। कुल ३२१ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरमा भएको थियो, जसको मूल्य ४० करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी राधी विद्युत् २२ करोड, साहस ऊर्ज १४ करोड, युनियन हाइड्रोपावर १३ करोड र शिवम् सिमेन्ट ७ करोड रुपैयाँको कारोबार भएको छ।
आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भुगोल इनर्जी र सागर डिस्टीलरी १० प्रतिशतले, जबकि बुंगल हाइड्रो र बन्दीपुर केबलकार ९.९८ प्रतिशतले बढेका छन्।
बुधबारको कारोबारमा उत्पादन समूह बाहेक सबै समूहका सूचक घटेका छन्। उत्पादन समूह ०.२३ प्रतिशतले बढेको छ भने व्यापार समूह २.३५ प्रतिशत र अन्य समूह १.३३ प्रतिशतले घटेका छन्। बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम देखिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...




